नियम ५४
विशेष कोष
प्रत्येक जिल्ला परिषद्ले आफ्नो कोषमा जम्मा भएको आन्तरिक
आयबाट देहायबमोजिमको विशेष कोषहरुमा रकम विनियोजन गर्न सक्नेछ ः–
(क) प्रकोप व्यवस्थापन विशेष कोष,
(ख) मानव संशाधन विकास विशेष कोष,
(ग) मर्मत सम्भार विशेष कोष,
(घ) स्थानीय विकास विशेष कोष,
(ङ) वातावरणीय व्यवस्थापन विशेष कोष,
(च) गरिबी निवारण तथा सामाजिक परिचालन विशेष कोष,
(छ) महिला तथा बाल विकास विशेष कोष,
(ज) कर्मचारी कल्याण कोष ।